Logo

३ माघ,सेढवा । उपकार सेवा नेपालले जगरनाथपुर–३ बडगोलाई १ सेट खानेपानीको लागि चापाकल (धारा) र शैक्षिक सामग्री वितरण गरेको छ । जगरनाथपुर–३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगोलाई संस्थाकीअध्यक्ष बिद्या कुमारी सरावगीले धाराको जडान गरी बिहीबार उद्घाटन गरेकी हुन् ।

उद्घाटन गर्दै बिद्यालयमा अध्ययनरत १ सय जना छात्रछात्राहरुलाई कापी, सिसाकलम, कटर लगायतका शैक्षिक सामग्री पनि बितरण गरेकी छन्। बिद्यालय स्थापना भएको करिब २५ बर्ष बिति सक्दा पनि खानेपानीका लागि धारा जडान भएको थिएन।

विद्यालयमा धारा नहुँदा बिद्यार्थीहरुलाई खानेपानीका लागि बिद्यालय बाहिर जानु पर्ने बाध्यता रहेको बिद्यालयका शिक्षकहरुले बताए। समस्या समाधानका लागि सामाजिक अभियन्ता प्रकाश थारुले समन्वय गरेपछि धारा निर्माण गर्न सकिएको बिद्यालय प्रधानाध्यापक ओमप्रकाश चौधरीले बताए।

यो प्रशंसनीय कार्यलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बडगोले उपकार सेवा नेपाललाई प्रशंसा–पत्र प्रदान गरेको छ । कार्यक्रममा उपकार सेवा नेपालका सदस्य पदमा देवी सरावगी, अंकुर शर्मा, जगरनाथपुर गाउँपालिका वडा नं.–३ का सदस्य हारण राउत गदी, शिक्षक मोस्लीम राउत गदी, यूवा अजय राम, सन्तोष राम लगायत स्थानीय बुद्धिजीवी, अभिभावकहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार