४ माघ, जनकपुरधाम । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्रीलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साहको मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।















