Logo

७ माघ, काठाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्दै छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सम्भवत : आजै बस्ने बैठकबाट हिउँदे अधिवेशनका आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।


सम्बन्धित समाचार