Logo

९ माघ,वीरगञ्ज । चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले आजदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । यसअघि पनि महानगरले पुस २४ देखि २६ सम्म र माघ २ देखि ४ सम्म दुई पटक जाडो विदा दिएको थियो । तर, यसपटकको विदा चिसोले थप प्रभाव पारेपछि लम्ब्याइएको हो ।

महानगरले विद्यालयहरूलाई स्पष्ट रूपमा जाडो विदाको पालना गर्न निर्देशन दिएको भए पनि यसको उल्लङ्घन गर्ने विद्यालयहरूमाथि कुनै पनि कारबाही नगरेको देखिएको छ । आदेश उल्लङ्घन गर्ने विद्यालयहरूको संख्या बढ्दै जाँदा महानगरको कार्यान्वयन क्षमताप्रति प्रश्न उठ्न थालेको छ ।

विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई रोक्न महानगरले विदाको घोषणा गरे पनि विद्यालयहरूबाट आदेशको अवज्ञा हुनु र त्यसप्रति महानगरको मौनताले समस्या थप जटिल बनाएको छ । अभिभावकहरूले जाडो विदाको आदेशलाई प्रभावकारी बनाउनेतर्फ महानगरलाई जोड दिएका छन् ।

उनीहरूले विद्यालयहरूको अनुगमन गरी आदेशको उल्लङ्घन गर्ने विद्यालयहरूमाथि कारबाही गर्न माग गरेका छन् । चिसोको समयलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक भएको भन्दै अभिभावकहरूले महानगरको ध्यानाकर्षण गराएका छन् ।

 


सम्बन्धित समाचार