Logo

१९ माघ,काठमाडौँ । स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु. ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ । रासस


सम्बन्धित समाचार