Logo

२० माघ,काठमाडौँ । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा प्रहरी र प्रदर्शनकारी समुहबिच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्मार्ण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो ।

प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार समेत प्रहार गरेको प्रहरीले जनाएको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

 


सम्बन्धित समाचार
भर्खरै