Logo

२४ माघ, काठमाडौँ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । नेपालले यसअघिका ५ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स ३ पटक र थाइल्यान्डसँग २ पटक पराजित भएको छ ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।


सम्बन्धित समाचार