Logo

२६ माघ, वीरगञ्ज । बाराकाे परवानीपुरमा आजदेखि चाैथाे परवानीपुर गाेल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर खेल मैदानमा शुरू भएको फुटबल प्रतियोगिताकाे प्रमुख अतिथि लाेसपाका उपाध्यक्ष, मधेस प्रदेससभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र साेनलले उद्घाटन गरे ।

परवानीपुर युथ क्लबका अध्यक्ष अख्तर अलि अन्सारीको अध्यक्षतामा भएको उदघाटन समाराेहमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण राैनियार, परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष इब्राहिम मियाँ, पूर्व वडा अध्यक्ष अनिल राम, वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष हबिब मियाँ, जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अनिल कुमार गुप्ता लगायत विभित्र संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियाे ।

आजकाे पहिलाे उद्घाटन खेलमा आयाेजक परवानीपुर युथ क्लब र राेमन फुटबल क्लबबीच भइरहेकाे छ ।


सम्बन्धित समाचार