Logo

१३ फागुन, वीरगञ्ज । प्याब्सन महानगर समितिको आयोजनामा वीरगन्जमा जारी प्रथम अन्तर विद्यालय छात्रा क्रिकेट तथा छात्र १२ बर्षमुनी क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुदैछ ।

ज्ञानदा एकेडेमीको खेल मैदानमा आज तेश्रो स्थानका लागि मनोकामना मावि र कालिकामाई एकेडेमीबीच बिहान ९ः३० बजे हुनेछ । त्यस्तै छात्रतर्फ १२ बर्षमुनीको क्रिकेटको फाईनलमा ओम नेशनल एकेडेमी र विद्यासागर माविबीच बिहान १०ः३० खेल हुनेछ ।

प्रथम छात्रा अन्तर विद्यालय क्रिकेटको फाईनलमा गौतम स्कुल र ओम नेशनल एकेडेमीबीच दिउँसो ११ः३० बजे खेल हुने समय तालिका रहेको प्याब्सन महानगर कमिटिका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।

आज हुने फाईनल खेलसँगै वीरगन्जमा प्याब्सन महानगरपालिकाको आयोजनामा प्रथम अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता र १२ बर्ष मुनीको छात्र क्रिकेट प्रतियोगिता समापन हुनेछ ।

त्यस्तै प्याब्सन पर्साको आयोजनामा भएको अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । भने, क्रिकेट प्रतियोगिताको समापन बिहीबार हुनेछ ।


सम्बन्धित समाचार