Logo

१ चैत्र, काठमाडौँ । आज (शुक्रबार) बिहानै जम्मु–कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखस्थित कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २ः५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो । बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए ।

भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन् । कारमा प्लास्टर वा पर्खाल खसेर क्षति भएका तस्बिर सार्वजनिक भएका छन् ।


सम्बन्धित समाचार