Logo

३ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । त्यसैगरी केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव र पार्टी नियमित गतिविधिलगायतका विषयमा पनि छलफल हुने उनले बताएका छन् ।


सम्बन्धित समाचार