Logo

७ चैत,काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई औचित्यहीन भन्दै प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन माग गरेका छन् । उनले यसअघि सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै यसलाई संसद् र सभामुखको गरिमामा प्रश्न उठेको बताए ।

सांसद साहले भने, “आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहिन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न ध्यानाकषण गर्न चाहन्छु।“

उनले नियमावली र प्रावधानप्रति प्रधानमन्त्री उत्तरदायी नभएको जिकिर गर्दै संसद्को कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

“मैले अस्ति सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन। यसरी सवाल प्रभु साहको होइन, प्रश्नोत्तर कार्यक्रमको हो। सम्माननीय सभामुखको गरिमाको हो। नियमावली र प्रावधानको हो,“ साहले भने, “त्यसप्रति उत्तरदायी सक्नुपथ्र्यो। त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन आग्रह गर्छु। यदी हटाइएन भने म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु।“


सम्बन्धित समाचार