Logo

१० चैत,जनकपुरधाम । जनकपुरधामस्थित खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मधेश प्रदेशका जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालले खेलकुद क्षेत्रको विकासका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रशिक्षक र प्रशासनिक कर्मचारीहरुको क्षमता अभिवृद्धिले प्रदेशमा खेलकुदको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मन्त्री जयसवालले प्रदेश सरकार खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । उनले खेलकुदलाई प्राथमिकतामा राखेर प्रदेशमा आवश्यक पूर्वाधार निर्माण तथा खेलाडीहरुको प्रोत्साहनका लागि विभिन्न योजनाहरु ल्याइने पनि बताए ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरुको सहभागिता रहेको छ। क्षमता अभिवृद्धि कार्यक्रममा खेलकुद सम्बन्धी नयाँ ज्ञान, प्रविधि र व्यवस्थापनका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। यो कार्यक्रमले मधेश प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार