Logo

१२ चैत,काठमाडौं । काठमाडौं महानगरपालिकाले जफत गरेका आफ्ना साइकल र अन्य सामान फिर्ताको माग गर्दै कबाड व्यवसायीहरूले आज महानगरपालिकाको टेकुस्थित डिपोमा धर्ना दिएका छन्।

कबाड व्यवसायी संघर्ष समितिले आयोजना गरेको धर्नामा सहभागी व्यवसायीहरूले महानगरपालिकाले उनीहरूको कमाइ खाने साधन खोसेर राखेको आरोप लगाएका छन्। संघर्ष समितिले महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरिरहेको भन्दै यसअघि पनि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको जनाएको छ।

महानगरपालिकाले भने महानगर क्षेत्रभित्र जोखिम बढेको भन्दै कबाडी कारखानाहरूलाई जबरजस्ती हटाइरहेको छ। यसै क्रममा महानगरपालिकाले कबाड व्यवसायीहरूका साइकल र सामान जफत गरेको बताइएको छ।

धर्नामा सहभागी व्यवसायीहरूले महानगरपालिकाले आफ्ना मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यस विषयमा महानगरपालिकाको आधिकारिक धारणा आउन बाँकी छ।


सम्बन्धित समाचार