Logo

१ जेठ,पोखरिया । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर–४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी, बाल रोग, डेन्टल सम्बधी उपचार हुने भएको छ ।

पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४ जना चिकित्सक तथा नर्सिँग स्टाफ अहेव लाई पोखरिया अस्पतालले स्वागत सहित सम्मान गरिएको छ ।

पोखरिया नगरपालीका तथा पोखरिया अस्पताल विकास समिती अध्यक्ष समेत रहेनु भएका पोखरिया नगरपालीकाका मेयर प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको उन्नती प्रगतीको लागी आफुले दिन रात लागी परेको बताए ।
पोखरिया अस्पतालमा बाल रोग ,नसा तथा हाडजोर्नी, डेन्टल र नर्सिङ्ग समबन्धि चिकित्सककहरुले पोखरिया अस्पताल मै सेवा दिए पश्चात ग्रामिण भेगका बिरामीहरुलाई वीरगञ्ज तथा निजी अस्पतालमा चर्को मूल्य तिर्नबाट मुक्त हुने र थोरै पैसा तथा सहज र सुविधा सहित समयमा उपचार हुने जनाएका हुन् ।

समानित हुनेमा नशा तथा हाड जोर्नी विशेषज्ञ डा० अरविन्द साह , डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ्ग अधिकृत अस्पताल निरीक्षक सवेनाज बेगम, अ० हे० व० मधु यादव लगायतकाहरुलाई स्वागत तथा समान गरिएको ।

पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेड डा० आन्नद रौनियारको अध्यक्षामा भएको स्वागत तथा समान कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, डा० सुरेस यादव पोखरिया नगरपालिका स्वास्थ्य शाखा सहायक शिव पटेल, दिपिका सिंह, भगवान प्रसाद कुर्मी, बृजेश द्विवेदी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार