Logo

२३माघ,एजेन्सी । टर्कीमा सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको छ ।अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १ स ४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको हो ।

टर्कीको मलत्या शहरमा २३ जना, सानल्युर्फामा १७ जना, दियारबाकिरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।त्यस्तै सिरियामा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुवै देशमा भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भत्किएका संरचनामा सयौं च्यापिएको अनुमान गरिएको छ ।

मानिसहरु सुतिरहेको बेला भूकम्प गएकाले मृतक संख्या अनुमान भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा शक्तिशाली भूकम्प गएको थियो ।

पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पको महसुश भएको टर्कीको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकी भू–गर्भ विभागले १७ दशमलव ९ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेको छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।


सम्बन्धित समाचार