Logo

१ जेठ,वीरगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगञ्ज नर्सिङ क्याम्पस कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज नर्सिङ क्याम्पस परिसरमा बिहीवार आयोजित कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा प्रदिल घिसिङ, ओशिङ राई, दीपा रञ्जित, दिपा गुरुङ, सोनी राई, रियाज अन्सारी, पविना थापालगायत विभिन्न व्यक्तिहरू सहभागी थिए।

वीर सम्सेरको प्रमुख अतिथियतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश थारु, राजेन्द्र भट्टराई, राजन श्रीवास्तव, राम किशोर पराग र वीरगञ्ज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेलको पनि कार्यक्रममा विशेष उपस्थिति थियो।

रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे र मनिष गुप्ताले प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार