Logo

४ जेठ,वीरगञ्ज । संजीवनी एकेडमी, पर्साद्वारा विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिका–१० का वडा अध्यक्ष सुसिल साह कानूले गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक तथा प्रधानाध्यापक श्रीमती बबीता गुप्ताले गर्नुभएको थियो।

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी, रुंगटा वेलफेयर फाउन्डेसनकी डा. श्लेश्मा रिजाल, डा.मुकेश मल्लिक, डा. जयनारायण रनाब थारु, डा.नरेश कुमार पटेललगायतको उपस्थितिमा विशेषज्ञ टोलीले सेवा प्रदान गरेका थिए।

शिविरमा विद्यालयका करिब ६५ जना विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, ३५ जना स्थानीय समुदायका सदस्यहरू पनि शिविरबाट लाभान्वित भएका थिए। परीक्षणको क्रममा केही व्यक्तिमा मोतियाबिन्दुको लक्षण देखिएकोले बिरगंज सामुदायिक आँखा अस्पतालका डा.महेश सिंह धामीले ती बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिनुभयो।

शिविरमा विद्यालयका संस्थापक सदस्य प्रभाकर गुप्ता, शिक्षिका सोनी गुप्ता, रिया महतो, सिमरन गुप्ता, आरती गुप्तालगायतको सक्रिय सहभागिता रहेको थियो।

संजीवनी एकेडमीद्वारा आयोजित यो कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नमा सकारात्मक योगदान पुर्‍याएको छ।


सम्बन्धित समाचार