Logo

९ जेठ,काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ। बीबीसीका अनुसार, यस विषयमा छलफल गर्न विद्यार्थी नेता तथा नेसनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई भेटेका छन्।

भेटका क्रममा युनुसले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने बताएको नाहिद इस्लामले जनाएका छन्। बीबीसी बांगलासँगको कुराकानीमा विद्यार्थी नेता इस्लामले भने, “हामीले सर (युनुस)को राजीनामाको खबर सुनिरहेका थियौँ। त्यसैले म उहाँलाई भेट्न गएको हुँ। भेटमा उहाँले देशको अहिलेको अवस्थामा काम गर्न नसक्ने बताउनुभयो।“

यसअघि, युनुसले सल्लाहकार सभाको बैठकमा पनि देशको अवस्थाबारे असन्तुष्टि व्यक्त गरेका थिए।

अर्कोतर्फ, बंगलादेशका राजनीतिक दलहरूले पनि अन्तरिम सरकारविरुद्ध दबाब बढाइरहेका छन्। पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारलाई हटाउन माग गरेको थियो।बीबीसी हिन्दीबाट ।


सम्बन्धित समाचार