Logo

१० जेठ, वीरगञ्ज । आँखा सम्बन्धी रोग मायोपिया (दूरदृष्टि दोष) बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज वीरगञ्जमा जनचेतनामूलक -यालीको आयोजना गरिएको छ । दृष्टि आँखा अस्पतालको सहयोगमा वीरगञ्ज महानगरपालिका र विभिन्न संघ संस्थाहरूको संयुक्त आयोजनामा निकालिएको -यालीले नगर परिक्रमा गरेको थियो।

वीरगञ्जको घण्टाघरबाट बिहानै शुरु भएको -याली मुख्य सडकको माईस्थान, लोहारपट्टी चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर सम्पन्न भएको थियो। -यालीमा सहभागीहरूले मायोपियाका लक्षण, यसबाट बच्ने उपायहरू र समयमै उपचार गराउनु पर्ने आवश्यकता बारेका प्लेकार्डहरू बोकेका थिए।

मायोपिया नेपालमा बढ्दो क्रममा रहेको एक सामान्य आँखाको समस्या हो। विशेषगरी बालबालिका तथा युवाहरूमा यसको जोखिम बढी हुन्छ। यस ¥यालीको मुख्य उद्देश्य समुदायमा मायोपिया सम्बन्धी सही जानकारी पुर्याउनु र यसको रोकथाम तथा उपचारका लागि सचेतना जगाउनु रहेको दृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ बषन्त पौडेलले जानकारी दिए।

कार्यक्रममा नियमित आँखा परीक्षण गराउनु र डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगबाट बच्नु मायोपियाको रोकथाममा महत्वपूर्ण रहेको बताईएको थियो। वीरगन्ज महानगरपालिकाका रितेश जयसवालले पनि स्वस्थ आँखाका लागि जनचेतनाका यस्ता कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।


सम्बन्धित समाचार