Logo

१३ जेठ, काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपप्रति संसदमा स्पष्ट जवाफ दिने तयारीमा छन् ।

मन्त्री लेखकले विशेष समय लिएर यस प्रकरणमा आफ्नो पक्ष प्रस्ट पार्ने जनाएका छन् । तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसदमा अवरोध गर्ने योजना बनाइरहेका छन् ।

भिजिट भिसा प्रकरणमा मानव तस्करीको जानकारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ । छानबिन सुरु हुनुअघि भट्टराईलाई सरुवा गरिएको थियो ।

यो प्रकरणमा गृहमन्त्री लेखक र उनको सचिवालय संलग्न रहेको भन्दै तीव्र आलोचना भईरहेको छ, जसले राजनीतिक तहमा ठूलो चर्चा र विवाद उत्पन्न गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै