Logo

१३ जेठ, सर्लाही । नेकपा (माओवादी केन्द्र) अन्तर्गतको जनवर्गीय संगठन नेवा राष्ट्रिय मुक्ति मोर्चाको मधेस प्रदेश स्तरीय भेला तथा प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

लालबन्दीमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठले गरेका थिए भने केन्द्रीय अध्यक्ष उमेश स्थापितले उद्घाटन गरे ।

नेवार समुदायलाई वैचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आयोजना गरिएको भेला तथा प्रशिक्षणले आगामी कार्यदिशा तय गर्दै संगठन विस्तारमा नयाँ ऊर्जा थपेको आयोजकहरूले जनाएका छन्। भेलाले विकास श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय मधेस प्रदेश कमिटी पनि चयन गरेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य च्युतम काफ्ले, बारा इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ, विकाश श्रेष्ठ, जगत श्रेष्ठ, डम्बर बहादुर भेरु, पूर्ण लाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार
भर्खरै