१५ जेठ,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाले गणतन्त्र दिवसको उपलक्ष्यमा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ।
रक्तदान कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रक्तदानको पोका हस्तान्तरण गरेका थिए ।
रक्तदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार लगायत ३० जनाले रक्तदान गरेका थिए। यसरी रक्तदान गरेर गाउँपालिकाले सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ।

















