Logo

१७ जेठ, काठमाडौँ । नाइजेरियामा हालै आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा ११५ जनाको ज्यान गएको छ। यस विपत्तिमा ५० भन्दा बढी घरहरू पूर्ण रूपमा बगेका छन्।

बीबीसीका अनुसार, मोक्वा सहरका टिफिन माजा र अंगुवान हौसावा जिल्लाहरू बाढीबाट बढी प्रभावित भएका छन्।

आपतकालीन व्यवस्थापन एजेन्सी (NEMA) का प्रमुख अबुलाही बाबाआराले प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् ।

स्मरण रहोस्, सन् २०२२ मा पनि नाइजेरियाले यस्तै प्रकारको ठूलो बाढीको सामना गरेको थियो। त्यसबेलाको बाढीले १३ लाख मानिस विस्थापित भएका थिए भने ६०० भन्दा बढीको ज्यान गएको थियो। यस वर्षको बाढीले पनि मानवीय र भौतिक क्षति पुर्‍याएकाले यस क्षेत्रमा बाढीको जोखिम निरन्तर बढ्दै गएको देखाउँछ।


सम्बन्धित समाचार