Logo

२९ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुलाई आज इजलासमै मोसो प्रहार भएको छ। यो घटना नेकपा बहुमतका कार्यकर्ताहरूले गराएको बताइएको छ।

मोसो प्रहारलगत्तै प्रहरीले दुई जनालाई घटनास्थलबाट पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो। यसै फैसलाको विरोधमा मोसो प्रहार गरिएको हुनसक्ने आशंका गरिएको छ।

घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै