Logo

४ असार, काठमाडौं ।उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे लाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

हिजो बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डे को संयुक्त इजलासले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ले गत जेठ २० गते गरेको ६ महिनाका लागि निलम्बन गर्ने निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतले पाण्डेले दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको छ। यो आदेशसँगै पाण्डे तत्कालका लागि आफ्नो पदमा फर्किन पाउने भएका छन्।


सम्बन्धित समाचार