Logo

५ असार, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ।

बिहीबार बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको संयोजकत्वमा एक सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। अब यो समितिले दुवै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा परेका उजुरीहरूको छानबिन गर्नेछ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्नुपरेमा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको एक समिति गठन गर्ने प्रावधान छ। सोही प्रावधानअनुसार आज समिति गठन गरिएको हो।

न्यायाधीश शर्माको समितिले छानबिनका क्रममा सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिहरूसँग सोधपुछ गर्न सक्ने अधिकार पाएको छ।


सम्बन्धित समाचार