नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज मध्यान्ह सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेको छ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार, मौद्रिक नीति नेपाल टेलिभिजन र राष्ट्र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। यो वर्ष राष्ट्र बैंकले अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य, देशको वर्तमान आर्थिक अवस्था, र चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षालाई ध्यानमा राखेर नयाँ नीति ल्याउँदैछ।
सम्भवतः यो पहिलो पटक हो कि राष्ट्र बैंकले आर्थिक वर्ष सुरु हुनुअघि नै असारको अन्तिम साता मौद्रिक नीति सार्वजनिक गर्दैछ। परम्परागत रूपमा, मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने प्रचलन थियो । यो नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति पनि हो ।















