३० असार, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक दिउसो १ बजेदेखि बस्नेछ।
आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची रहेको छ।
त्यस्तै आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ।

















