३० असार,ठोरी । ठोरी –५ ,सुवर्णपुरका सामुदायिक विद्यालयको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीले निशुल्क हाउस ड्रेस पाएका छन्। सुनाखरी उपभोक्ता समितिले बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत ज्ञानवाटिका माविका बालबालिकालाई आज हाउस ड्रेस वितरण गरेको छ। यस्तै बाल प्रतिभा प्रावि गडुवालाईन र नेरा प्रावि ठुलोबाघमोर्चाका विद्यार्थीलाई भोली निशुल्क हाउस ड्रेस वितरण गर्न लागिएको सो संस्थाले जानकारी दिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगतको सुनाखरी उपभोक्ता समितिले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निशुल्क हाउस ड्रेस वितरण गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष , सौराहा , चितवन मार्फत सुवर्ण बचत तथा ऋण सहकारी संस्था सुवर्णपुरमा स्थापना भएको अक्षय कोषको ब्याजबाट छात्रवृत्ति स्वरूप ड्रेस वितरण गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई अध्ययनमा सहज होस भन्ने उद्धेश्यले हाउस ड्रेस वितरण गरिएको सनितिका अध्यक्ष भिम बहादुर पाख्रीनले बताउनुभयो ।
विव्यस अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा ज्ञानवाटिका माविमा आयोजित कार्यक्रममा सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो ।

















