Logo

३१ असार,ठोरी। पर्साको ठोरी गाउँपालिका–४ मा रहेको मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष घोषित भएका छन्।

मंगलबार वीरगञ्जमा जिल्ला शिक्षा समितिद्वारा आयोजित “जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी विमर्श कार्यक्रम“ मा प्रधानाध्यापक लामालाई नगद रु १० हजारसहित सम्मान गरिएको हो। गत चैतमा सम्पन्न एसईई २०८१ को सञ्चालनमा पर्सा जिल्लाभित्र उत्कृष्ट केन्द्र व्यवस्थापन गरेको मूल्यांकन गर्दै उनलाई जिल्लाकै सर्वोत्कृष्ट केन्द्राध्यक्ष घोषणा गरिएको हो।

वीरगञ्जको टाउन हलमा सम्पन्न विशेष समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनार, शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख हरि राउत एवम् नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले संयुक्त रूपमा प्रधानाध्यापक लामालाई दोसल्ला ओढाई, प्रमाणपत्र तथा नगद रु १० हजार प्रदान गरी सम्मान गरेका थिए।


सम्बन्धित समाचार