Logo

१ साउन, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको लडेर गम्भीर घाइते भएपछि उपचार खर्च जुटाउन नसक्दा मृत्यु भएको छ ।

२५ वर्षीय दीपक तामाङको जिल्ला सदरमुकाम चरिकोटको सातदोबाटोमा लडेर ज्यान गएको हो। दोलखा प्रहरीका अनुसार, भीमेश्वर नगरपालिका–५, तामाकोशी निवासी तामाङ लडेर गम्भीर घाइते भएका थिए । उनलाई चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको थियो ।

तर, आर्थिक अवस्था कमजोर भएका कारण परिवारले काठमाडौं लगेर उपचार गराउन नसक्ने भन्दै उनलाई घरमै फर्काएका थिए । घरमा राखेको केही समयपछि राति नै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी छारे रोगका बिरामी पनि थिए। यो घटनाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यतालाई फेरि एक पटक उजागर गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै