Logo

१ साउन, काठमाडौं । संसदका तीनवटा समितिका बैठक आज बस्दैछन्, जसमा विभिन्न महत्वपूर्ण विधेयक र प्रतिवेदनमाथि छलफल हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ  ।  यस बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ  ।  त्यसैगरी, दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यक्रम छ ।

बिहान सवा १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ  । यस बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बधी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरिनेछ ।


सम्बन्धित समाचार
भर्खरै