प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१२ साउन काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उनकै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजनीतिक माहोल तातिएको छ।

यस विषयमा सत्तारुढ गठबन्धनको साझेदार नेकपा एमालेले कांग्रेसलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ। एमाले बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले यो कांग्रेसको नितान्त आन्तरिक मामिला भए पनि यसले प्रदेश सरकारलाई अस्थिरतामा राख्न नहुनेमा जोड दिएका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा नेपाली कांग्रेसका सांसदहरूबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ, थपलियाले भने, ‘यो उहाँहरूको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो। हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन। नितान्त उहाँहरूको विषय हो। जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो।’

उनले थपे, ‘सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ। प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ। यस्तो कुरा आउनु ठिक होइन। चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्छ। हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन।’

अविश्वासको प्रस्ताव र त्यसका कारण

मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन्, जसको नेतृत्व कांग्रेस सांसद इन्द्र बानियाँले गरेका छन् । यो अविश्वासको प्रस्ताव मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएपछि आएको हो ।

बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । यस घटनाले बागमती प्रदेशको आगामी राजनीतिक दिशा कस्तो हुनेछ भन्ने प्रश्न उब्जाएको छ ।


सम्बन्धित समाचार