नेपाल स्थित अमेरिकी दूतावासको फेसबुकपेजबाट पनि यसको विषयमा जानकारी गराएको छ । ‘नेपालमा एमसीसी परियोजना जारी रहने
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौँ ।
पचास करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछन् ।
अमेरिकी सरकारले हालै गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी परियोजना नेपालमा जारी राख्न उपयुक्त हुने निष्कर्ष निकालेको हो। यो निर्णयसँगै ५० करोड अमेरिकी डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९।७ करोड डलरको योगदानले मूर्तरूप पाउनेछ।
यो परियोजनाले विशेषगरी नेपालको विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसबाट देशको समृद्धिमा टेवा पुग्नुका साथै क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। एमसीसी परियोजनाले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।














