प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१२ साउन,काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित चार जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रालय स्रोतका अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा हाल मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा. टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पदमा पठाइएको हो।

त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा बोलाइएको छ। उनको ठाउँमा मन्त्रालयमै जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको सीडीओ को जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले यो सरुवालाई नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको जनाएको छ।


सम्बन्धित समाचार