१३ साउन, काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक किचलोले अन्ततः निर्णायक मोड लिएको छ।
आज भएको मत विभाजनबाट मुख्यमन्त्री तथा दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। यससँगै, अब इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ। प्रदेशसभामा रहेका कांग्रेसका ३७ सदस्यमध्ये मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र खस्यो भने विपक्षमा २२ सांसदले मत दिए। यो परिणामले लामाले दलको नेताको हैसियत पूर्ण रूपमा गुमाएका छन् ।
दलभित्रको शक्ति समीकरणलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको यो घटनाले बागमती प्रदेश सरकारको भविष्यमाथि पनि प्रश्नचिह्न खडा गरेको छ। अब नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन प्रक्रिया सुरु हुनेछ, जसले प्रदेशको राजनीतिक दिशा निर्धारण गर्नेछ।

















