१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
दिउँसो ४ बजे बस्ने बैठक आगामी शनिबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न केन्द्रित हुनेछ। अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार गत फागुनदेखि सञ्चालित ‘जनतासँग माओवादी विशेष अभियान’ को निरन्तरता वा अब महाधिवेशनमा जाने भन्नेबारे स्थायी कमिटीमा छलफल हुनेछ।
मध्यपहाडी लोकमार्ग विशेष अभियानअन्तर्गत पोखरा पुगेर हाल स्थगित भएको उक्त अभियानलाई पुनः सुरु गर्ने कि पार्टीलाई महाधिवेशनतर्फ लैजाने भन्ने महत्त्वपूर्ण निर्णयका लागि माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो । आजको पदाधिकारी बैठक सोही स्थायी कमिटी बैठकको तयारीका लागि बस्न लागेको माओवादीले जनाएको छ ।















