Logo

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपतिहरूलाई पुनः राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधानले पूर्वराष्ट्रपतिहरूलाई राजनीतिमा फर्कन नरोके पनि व्यक्तिगत रूपमा आफूलाई सोध्दा नफर्केको राम्रो लाग्ने बताएका हुन्।
कोइरालाले आफू सक्रिय राजनीतिमा रहेकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरूसँग बेलाबेलामा भेटघाट भइरहने स्पष्ट पारे।

सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता भएको उनको भनाइ थियो। उनले नेपाली कांग्रेस र माओवादी सरकारमा हुँदा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको स्मरण गर्दै त्यतिबेला कुनै प्रश्न नउठेको बताए। ‘लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ,’ उनले भने। राष्ट्रपति हुँदा पनि भेटेको र राष्ट्रपति पद छाडेपछि पनि निवासमै गएर भेटेको उल्लेख गर्दै यो पनि त्यस्तै सामान्य भेट मात्रै भएको उनको भनाइ थियो।


सम्बन्धित समाचार