१४ साउन, काठमाडौं । बागमती प्रदेश सरकारको भविष्यबारे देखिएको अन्योल चिर्दै नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थागत निर्णयलाई स्वीकार गर्ने भएको छ।
आज बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो। एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले यसको जानकारी दिँदै प्रदेशमा देखिएको राजनीतिक संकट समाधानका लागि चाँडै नै छलफल गरी निकास निकाल्नेबारे पनि बैठकमा सहमति भएको बताएका छन्।
एमालेको यो निर्णयले बागमती प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्न र प्रदेश सरकारको स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।















