प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच अहिले महत्त्वपूर्ण बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरिरहेको बेला यो बैठक बसेको हो । प्रधानमन्त्री ओलीले आफ्नै दलका केही मन्त्रीहरूका साथै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मन्त्रीहरूलाई पनि हेरफेर गर्ने मनस्थिति बनाएका छन्।

बैठकमा मन्त्रिपरिषद् हेरफेर नै मुख्य एजेन्डा रहेको स्रोतले जनाएको छ। उच्च सरकारी स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयमा पुनर्विचार गरी सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्नेछन् ।


सम्बन्धित समाचार