१५ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउँदै छन्।
धबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि लामा देउवालाई भेट्न लागेका हुन्। संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्र ल्याएका थिए। प्रदेशमा कांग्रेसका ३७ सांसदमध्ये एक मत बदर भएको थियो।
लामाका अनुसार उनी देउवालाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य पछिल्ला गतिविधिबारे जानकारी गराउन काठमाडौँ आउन लागेका हुन्। सभापति देउवाले बोलाएर नभई आफैँ जानकारी गराउन आउन लागेको लामाले स्पष्ट पारेका छन् । नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।
बागमती विवाद र शीर्ष नेताको चासो
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कांग्रेस(एमाले बैठकमा पनि बागमती प्रदेश सरकारको विवादबारे कुरा उठेको थियो। एमालेले यसबारे चासो राख्दा कांग्रेसले भने यो आफ्नो आन्तरिक विषय भएको र चाँडै समाधान गरिने जवाफ दिएको थियो।















