Logo

१५  साउन,  काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहीबार विधानविपरीत बसेको भनिएको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।

सिंहदरबारस्थित कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने स्पष्ट पारिन् र आफूले कुनै भेला आह्वान नगरेको दाबी गरिन् । श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको र पार्टीभित्रको विवादबारे कुनै जानकारी नभएको बताइन्। ‘म निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन’ उनले भनिन् ।

आजै उनले आफूमाथि गरिएको कारबाहीलाई ‘हास्यास्पद’ टिप्पणी गरेकी थिइन्। यसले नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवाद अझै गहिरिँदै गएको संकेत गर्छ।


सम्बन्धित समाचार