Logo

१६ साउन, काठमाडौं। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आह्वान गरेको छ।

आगामी कात्तिक १७ गते मतदान हुने यस उपनिर्वाचनका लागि दलहरूले साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । दल दर्ताको समय साउन २१ देखि २७ गतेसम्म, उम्मेदवार मनोनयन असोज २१ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २४ गते र मतदान कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्मको लागि तोकिएको छ ।

आयोगका अनुसार, २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू भने यस उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।


सम्बन्धित समाचार