प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन,काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। तीन दिनसम्म चल्ने भनिएको यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक एकता र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ’ब्रिफिङ’ गर्ने कार्यक्रम छ। यसका साथै, पोखरामा रोकिएको जागरण अभियानलाई निरन्तरता दिने र केन्द्रीय समितिको बैठकको मिति तोक्ने विषयमा पनि छलफल हुनेछ।

बैठकका मुख्य एजेन्डाहरूमा समाजवादी मोर्चाको सक्रियता र विस्तार, सांगठनिक रणनीति तथा पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने विषयहरू छन्।

यस बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बीच चलिरहेको अन्तरसंघर्षबारे पनि छलफल हुने एक नेताले जानकारी दिए। शर्मा पक्षले तत्काल पूर्व निर्णयहरू कार्यान्वयन गर्दै विशेष महाधिवेशनको माग गरिरहेको छ, जसले बैठकमा प्राथमिकता पाउने देखिन्छ।


सम्बन्धित समाचार