Logo

७ भदौ,वीरगञ्ज ।वरिष्ठ समाजवादी विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीवीहरूको वीरगन्जमा भव्य जमघट भएको छ।

शनिबार आयोजित कार्यक्रममा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा गिरिको जीवन, विचार र योगदानबारे गहन विमर्श भइरहेको छ। वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि सुरु भएको कार्यक्रम दिनभर सञ्चालन हुनेछ।

कार्यक्रममा गिरिले जिएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय र सीमापार ऐक्यभाव—माथि गहन चर्चा र विश्लेषण गरिँदैछ। सहभागी वक्ताहरूले गिरिको जीवन दर्शनबाट आजको राजनीति र समाजले के सिक्न सक्नेछ भन्ने विषयमा धारणा राखिरहेका छन्।

कार्यक्रम प्रदीप गिरि इन्स्टिच्युट (PGI) को आयोजनामा भएको हो भने सहआयोजकका रूपमा वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस र नेपाल न्युज बैंकलगायत संस्थाहरू सहभागी छन्।

कार्यक्रमले सीमापार संवाद, सामाजिक चेतना र राजनीतिक मूल्यबारे नयाँ बहसको थालनी गराउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार