Logo

२५ फागुन,काठमाडौं । काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुआ न्यू गिनीविरुद्धको आज जारी खेलमा नेपालले पपुआ न्यू गिनीलाई जितका लागि २९८ रनको लक्ष्य दिएको छ । ओपनर आसिफ शेखको शतक प्रेरित नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको हो ।

आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए । ११० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दतमा ११० नै रन बनाए । कुशल भुर्तेलले ४५, भिम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५ रन बनाए ।

पिएनजीका लागि सेमो कामियाले ५ विकेट लिए । रिले हेकुरेले ३ विकेट लिए भने अलेइ नाओले १ विकेट लिए । यो नेपालको एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो स्कोर हो । यसअघि नेपालको सबैभन्दा ठूलो स्कोर २८७ रन थियो । यो स्कोर नेपालले नामिबियाविरुद्ध लक्ष्य पच्छ्याउने क्रममा किर्तिपुरमै बनाएको थियो ।


सम्बन्धित समाचार