Logo

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानबाट प्रहरीबाट लुटिएका हतियारहरू क्रमिक रूपमा बरामद हुन थालेका छन्। हालसम्म २६८ नाल हतियार विभिन्न स्थानबाट नेपाली सेनाले फिर्ता लिएको जनाएको छ।

नेपाली सेनाको अनुसार, सिन्धुलीको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको समयमा लुटिएको ९ मिमि चाइनिज पेस्तोल (नाल–१) काठमाडौंको डल्लु इलाकामा खटिएको सेनाको गस्ती टोलीलाई स्वेच्छिक रूपमा बुझाएका छन्।

भदौ २३ र २४ गते काठमाडौँसहित देशभर व्यापक प्रदर्शन र आक्रमणका क्रममा प्रहरी कार्यालय र सुरक्षाकर्मीहरूमाथि हमला भएको थियो। यस क्रममा प्रहरीका दर्जनौं कार्यालय ध्वस्त पारिँदा सयौं हतियार लुटिएका थिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक सूचना जारी गर्दै लुटिएका वा फेला परेका हतियार नजिकको सुरक्षानिकायमा बुझाइदिन आग्रह गरेका छन्। सुरक्षाकर्मीहरूले यसलाई स्वेच्छिक आत्मसमर्पणका रूपमा लिइने बताएका छन्।

जेनजी आन्दोलनले देशभर सुरक्षा चुनौती सिर्जना गरेपछि सेनाले देशको सुरक्षा संयन्त्रको जिम्मा लिएको छ। राजधानीसहित प्रमुख शहरहरूमा सेनाको बाक्लो उपस्थिति देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै