Logo

२९ भदौ, काठमाडौं । चीनले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार कार्कीलाई बधाई दिँदै चीन र नेपालबीचको मित्रता पुरानो र ऐतिहासिक रहेको बताएका छन्। मन्त्रालयले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सधैं सम्मान गर्ने स्पष्ट पारेको छ। चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने पनि जनाएको छ।

चिनियाँ पक्षले पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने र दुई देशको सम्बन्धलाई थप अगाडि बढाउने तयारीमा रहेको बताएको छ।


सम्बन्धित समाचार
भर्खरै