Logo

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा व्यापारी तथा उद्योगीको सम्पत्तिमा भएको क्षतिले उनीहरूलाई ठूलो असर परेको बताएकी छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले राज्यले उनीहरूलाई सहयोग गर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘व्यक्तिगत सम्पत्ति जलाउने र नष्ट गर्ने काम भएको छ। कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्। यस्तो अवस्थामा राज्यले उनीहरूलाई कसरी उठाउन सकिन्छ भन्नेमा विचार गर्नेछ ।’ उनले साना व्यापारीहरू पनि लुटिएको भन्दै उनीहरूलाई सस्तो ब्याजदरमा ऋण वा अन्य कुनै सहयोग दिएर पुनः व्यवसाय सुरु गर्न मद्दत गरिने संकेत गरिन् ।

आफ्नो सम्पत्तिमा क्षति हुँदा पनि ‘हामी फेरि उठ्ने कोसिस गर्छौं, हामी हार्दैनौँ’ भन्दै मनोबल नगुमाएका व्यापारीहरूलाई उनले धन्यवाद पनि दिइन् ।


सम्बन्धित समाचार